काठमाडौं । । इन्ग्लिश क्लब वाट्फोर्डले मुख्य प्रशिक्षक सान्चेज फ्लोरेसलाई बर्खास्त गरेको छ ।
यस सिजन क्लबले खराब प्रदर्शन जारी राखेपछि वाट्फोर्डले प्रशिक्षक फ्लोरेसलाई बर्खास्त गरेको हो ।
लिग अन्तर्गत शनिबार राति वाट्फोर्ड साउथह्याम्पटनसँग २-१ ले पराजित भएको थियो ।
यस सिजन वाट्फोर्डले १४ खेलमा मात्र एक जित निकालेको छ । यस सिजन १४ खेलमा ८ अंक जोडेको वाट्फोर्ड लिगको पुछारमा रहेको छ ।
वाट्फोर्डले बर्खास्त गरेपछि ५४ वर्षीय प्रशिक्षक फ्लोरेसले क्लब आफ्नो मन मुटुमा सधै रहने बताएका छन् ।एजेन्सी
प्रकाशित मितिः२०७६ मंसिर १६ सोमवार
Comments