काठमाडौं । च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकाल्दै जर्मन क्लब बायर्न म्युनिक समूहको विजेता बनेको छ ।मंगलबार राति समूह चरणको अन्तिम खेलमा सर्बियाको रेल स्टार बेलग्रेडलाई ६–० ले हराएर बार्यन समूहको विजेता बनेको हो ।
बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले चार तथा लियोन गोरेट्का र कोरेन्टिन टोलिसोले एक एक गोल गरे । खेलको १४ औं मिनेटमा गोरेट्काले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।
६० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरी बायर्नको अग्रता तेब्बर बनाए । ६४ औं मिनेटमा लेवान्डोस्कीले गोल गरी ह्याट्रिक पूरा गरे । ६८ औं मिनेटमा लेवान्डोस्कीले इभान पेरिसिचको पासमा अर्को गोल गर्दा बायर्न खेलमा ५–० ले अघि बढेको थियो । ८९ औं मिनेटमा टोलिसोले गोल गर्दै ६–० को फराकिलो जित दिलाए ।
जितसँगै समूह ‘बी’ मा अपराजित रहेको बायर्नको ५ खेलबाट १५ अंक छ । बेलग्रेड ३ अंकसहित तेस्रो स्थानमा छ ।
प्रकाशित मितिः२०७६ मंसिर ११ बुधबार
Comments