काठमाडौं । युइएफए च्याम्पियन्स लिग फुटबलमा युक्रेनी क्लब साख्तर डोनेस्कसँग इंग्लिस क्लब म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा सिटी साख्तरसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ५६ औं मिनेटमा इकेए गुन्डोगानले गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाए । ६९ औं मिनेटमा साख्तरका मनोर सोलोमोनले गोल गर्दै खेल १–१ गोलको बराबरीमा सकियो र अंक बाँडे । बराबरीसँगै सिटीले समूह ‘सी’ मा ५ खेलबाट ११ अंक जोड्दै शीर्षस्थानमा रहँदै एक खेल बाँकी रहँदा नकआउट चरणमा पुग्न सफल भएको हो ।
साख्तरको ६ अंक छ । यही समूहको अर्को खेलमा इटालियन क्लब एटलान्टाले क्रोएसियन क्लब डाइनामो जाग्रिवलाई २–० ले पराजित गरेको छ । जितसँगै एटलान्टाले पनि नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ। डाइनामोको ५ तथा एटलान्टाको ४ अंक छ ।
प्रकाशित मितिः२०७६ मंसिर ११ बुधबार
Comments