१३औं साग आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले ऐतिहासिक उपाधि जितेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागतको क्रममा च्याम्पियन टोलीका प्रत्येक सदस्यलाई जनही ३–३ लाख रुपैया उपलब्ध गराउन सरकारसँग पहल गरिने बताएका थिए ।
सोही अनुसार नै सरकारले टोलीलाई नगदसहित सम्मानित गरेका हुन् । सेन्ट्रल जोन खेलेको उपाधि विजेता टोलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापकसहित १६ सदस्य छन् ।
नेपालले कात्तिक २८ गते बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने क्रममा एकपक्षीय नतिजा निकालेको थियो । फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो । नेपाली टोली अहिले घरमै आयोजना हुने १३औं सागको तयारीमा रहेको छ ।
सोही सम्मान कार्यक्रमपछि नै प्रधानमन्त्री शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने नेपाली खेलाडीको हौसला अभिबृद्धिका लागि प्याकेज घोषणा गरेका छन् ।
नेपाली टोली :
अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, रेश्मा भण्डारी, उषा विष्ट, सलिना श्रेष्ठ, सुनिता खड्का, निरुता ठगुन्ना, पुनम चन्द, साफिया पुन र जानकी भण्डारी
मुख्य प्रशिक्षक : जगदीश भट्ट
प्रशिक्षक : सलिना श्रेष्ठ र भरत यादव
व्यवस्थापक : रिता कोइराला
प्रकाशित मितिः२०७६ मंसिर १० मंगलबार
Comments