काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा बाट अनुशासनको कारवाहीमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीले नेपालमा हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद साग मा समेत खेल्न नपाउने भएका छन् । राष्ट्रिय फुटबल टोलीका विमल घर्ती मगर, अन्जन विष्ट र दिनेश राजवंशीले घरेलु भूमिमै हुन लागेको सागमा सहभागी हुन नपाउने भएका हुन् ।
गत मंसिर ३ गते भूटानमा हुन लागेको विश्वकप छनोटअन्तर्गत कुवेतसँग हुने खेलको लागि बिदाई गर्ने अघिल्लो रात खेलाडीहरु ठमेलस्थित नाइट क्लबमा भेटिएको पाइएपछि एन्फाले विमल सहित तीन खेलाडीहरुलाई नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनसँगको सल्लाहपछि कारवाही गरेको थियो । कारवाहीमा परेका उनीहरुलाई एन्फाले निरन्तरता दिँदै नेपालमा हुन लागेको साग खेलकुदमा समेत सहभागी नगराउने निर्णय गरेको हो ।
एन्फाका अनुसार तीन खेलाडीको स्थानमा नयाँ खेलाडी टिममा राखिने जानकारी दिएको छ ।
प्रकाशित मितिः२०७६ मंसिर ९ सोमवार
Comments