काठमाडौं । बुधबारदेखि सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बंगलादेशको पुरुष भलिबल टिम काठमाण्डौ आइपुगेको छ । बुधबार नेपालसँग बंगलादेशले उद्घाटन खेल खेल्ने छ । यसैगरी माल्दिभ्स र श्रीलंकाको टिम पनि काठमाण्डौ आइपुगेको छ ।
अब पाकिस्तान र भारतको टिम आउन बाँकी रहेको र ती टिमहरु पनि आजै साँझसम्म आइपुग्ने जनाइएको छ । साग खेलकुदको औपचारिक उद्घाटन १५ गते हुने भए पनि भलिबल खेल भने बुधबारदेखि नै सुरु हुने छ ।
भलिबलमा नेपालसहित, बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ नेपालको समूहमा बंगलादेश र भारत छ भने अर्को समूहमा श्रीलंका, माल्दिभ्स र पाकिस्तान रहेका छन् । भलिबलमा महिला र पुरुष तर्फ दुई वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।
यसैगरी बिच भलिबल भने पोखरामा हुने छ । बिच भलिबलमा पनि महिला र पुरुष गरी २ वटा स्वर्ण पदकको छिनोफानो हुने छ ।
प्रकाशित मितिः२०७६ मंसिर ९ सोमवार
Comments