काठमाडौं। नेपालका पर्शुराम बाँस्तोलाले मोन्टरियल ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । क्यानाडाको लेभल सिनियर एकेडेमीमा भएको च्याम्पियनसिपमा पर्शुरामले सिनियर एकल कातातर्फ नेपाललाई स्वर्ण दिलाएका हुन् ।
स्वर्ण जित्ने क्रममा पर्शुरामले कुल २८.८ स्कोर गरे । च्याम्पियनसिपमा यस स्पर्धामा नेपालसहित क्यानडा, भारत, अमेरिका र जमैकाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मितिः २०७६ मंसिर ८ आइतबार
Comments