काठमाडौं । युएईमा जारी टी–१० लिग क्रिकेट प्रतियोगितामा आज शुक्रबार नेपालका खेलाडीद्वय पारस खड्का सम्मिलित टिम आबुधाबी र सन्दीप लामिछाने सम्मिलित टिम कर्नाटका टुसकेर्स एक आपसमा भिड्ने भएका छन् ।
आबु धाबीस्थित शेख जायद स्टेडियममा सन्दीपको टिम कर्नाटका र पारसको आबुधाबीको खेल नेपाली समय अनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् ।
सन्दीपको टिम कर्नाटका ५ खेलमा ३ अंक जोडेर पुछारमा रहेको छ भने पारसको आबुधाबी भने ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । जारी प्रतियोगितामा सन्दीप लगारतार टिममा परिरहेका छन् भने पारसले भने दुई खेलमा मात्रै मौका पाएका छन् ।
प्रकाशित मितिः २०७६ मंसिर ६ शुक्रबार
Comments