काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय भलिबल टिमले आज भारतको राष्ट्रिय टिमसँग तेस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । बैंगलोरमा हुने नेपाल र भारतबीचको मैत्रीपूर्ण साँझ ५ बजेपछि हुनेछ । साउदर्न साई कभर्डहलमा हुने खेल पाँच सेटको हुनेछ ।
यस अघिका दुई मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको थियो । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारी गर्न नेपाली टिम भारत गएको हो । नेपाली टोलीले भारतमा बिहान ७ देखि ९ र बेलुका ३ देखि ५ बजेसम्म दुई चरणको तयारी गरिरहेको छ ।
नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ मंसिर २ सोमबार
Comments