भक्तपुर । भक्तपुरमा आजवाट अन्तर नगरव्यापी विद्यालयस्तरिय खेलकुद प्रतियोगिता शूरु भएको छ ।
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर विद्यालय खेलकुद प्रतियोगिता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजूक्छेंले उद्घाटन गर्दै खेल क्षेत्रमा समेत पक्षपात हुने गरेको बताए । उनले भने केन्द्र देखि बिभिन्न स्थानमा खेल क्षेत्रमा पक्षपात भइरहेका बेला सवल र सक्षम खेलाडीहरुलाई मौका दिनेमा यस्ता खालका आयोजनाले सकारात्मक भूमिका खेल्ने र भक्तपुरम खेल क्षेत्रमा कुनै पनि पक्षपात भित्रन दिन नहुने बताए ।
आज वटा सुरु भएको प्रतियोगितमा भलिवल, फुटसल, कवड्डी, एथ्लेटिक्स, बुद्धिचाल, व्याडमिन्टर, तेक्वाण्डो, उसु लगाएका का १४ खेलहरुमा विद्यार्थीहरु वीच प्रतिस्प्रधा गराइने आयोजकले जनाएको छ ।
कार्तिक २३ गते सम्म संचालन हुने प्रतियोगितको विभिन्न खेलमा ७२ विद्यालयलका २१ सय खेलाडीहरुले सहभागिता जनाएका छन । प्रतियोगितामा ९ सय विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र र उत्कृस्ट विद्यालयको लागि ट्रफि वितरण गरिने खेलकुद समितीको संयोजक उकेश कवांले बताए । अन्तर नगर प्रतियोगितमा सहभागि विद्यालयहरु प्रत्येक लाई १० हजार रुपैया वरावरको खेलकुद सामग्री समेत वितरण गरिने छ ।
प्रकाशित मितिः २०७६ कार्तिक १७ आइतबार
Comments