काठमाडौं । क्रिस्टियानो रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका छन् । सोमबार युरो छनोट अन्तर्गत युक्रेनविरुद्वको खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका हुन् ।
३४ बर्षका रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए । तर खेल पोर्चुगलले २–१ ले गुमाएको थियो ।रोनाल्डोले आफ्नो ९ सय ७३ खेलमा सो गोल संख्या पुरा गरेका छन् । उनले पोर्चुगलका लागि ९५ औ गोल पुरा गरेका छन् ।
युक्रेनले पोर्चुगलविरुद्व जित निकाल्दै समुह बीबाट युरो कपमा छनोट भएको छ ।रोनाल्डोले ७ सय गोल पुरा गर्दै केही लिजेण्ड खेलाडीको सुचिमा अटाएका छन् ।
तर रोनाल्डो चेक–अष्ट्रेलियन जोसफ बिकानको ८ सय ५ गोल भन्दा धेरै पछाडी छन् ।त्यस्तै ब्राजिलका रोमारियो ९७ सय ७२०, पेले ९७ सय ६७०, हंगेरीका लिजेण्ड फेरेन्क पुस्कास ७ सय ४६ र जर्मनीका थोमस मुलर ७ सय ३५ गोल भन्दा पछाडी परेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २८ मंगलबार
Comments