काठमाडौं । प्रशिक्षक जोसे माउरिन्होले आफ्नो भविष्य ईटालीमा नभएको बताएका छन् । सिरि ए क्लब ईन्टर मिलानमा सफल भएपनि उनले ईटालीमा आफ्नो भविष्य नभएको बताएका हुन् ।
दुई सिजन सान सिरोमा बिताएका माउरिन्होले पाँच मुख्य उपाधि जितेका थिए । सन् २०१० को च्याम्पियन्स लिगको फाईनलमा बार्यन म्युनिखलाई २–० ले हराउँदै माउरिन्होले उपाधि जितेका थिए । स्यान्टियागो वर्नवेउमा जित हासिल गरेपछि उनले ईन्टरका लागि आफ्नो अन्तिम खेल भएको संकेत गरेका थिए । उनी एक हप्ता भन्दा कम समयमै रियल मड्रिडको मुख्य प्रशिक्षकका लागि ईन्टर छाडेका थिए ।
‘मेरो भविष्य मलाई लाग्दैन कि यो ईटालीमा हुनेछ ।’ उनले ईटालिनय टिभीमा भनेका छन् । ‘ईन्टर मेरो घर हो । परिवार हो । मोराटी मेरा साथी हुन् । मेरा अध्यक्ष हुन् । तेहरो उपाधिको कथा निकै रोमाञ्चक थियो ।’ उनले भने ।
फाईनल पछि यदी खुसी मनाउन म सान सिरो फर्किएको भए, म कहिल्यै ईन्टर छाड्दिन थिए । जब तिमी परिवारसंग विदा लिन्छौ । त्यसलाई टुङ्गो लगाउन निकै कठिन हुन्छ ।’
‘त्यो रात मलाई थाहा थियो, म क्लब छाड्न गईरहेको थिए । म रियल मड्रिडलाई तेस्रो पटक नाई भन्न सकिन ।’ उनले भने । उनी तीन बर्ष रियल मड्रिडमा रहे । उनले दुई पटक स्पेनिस लिग जिते । खेलाडी र क्लबसंग केही विवाद देखिएको थियो । आपसी सहमतीमा उनले रियल छाडेका थिए ।
लगत्तै उनी दोस्रो पटक लण्डन क्लब चेल्सीमा आबद्व भए । तीन सिजन चेल्सीमा रहदाँ समेत उनले लिग जितेका थिए । तर अन्तिम बर्षमा विवाद देखिएपछि उनले क्लब छाड्ने स्थिती बन्यो । उनले अन्तिम पटक प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेड हेरेका थिए । केही समयमै उनी बर्खास्तमा परेका थिए ।
पछिल्ला ९ महिना माउरिन्हो केही क्लबसंग समेत जोडिए । एन्टोनी कोन्टे नियुक्ती हुनुअघि उनी ईन्टर फर्कने चर्चा चलेको थियो ।
ईन्टरले कोन्टेको नेतृत्वमा उत्कृष्ट प्रर्दशन गरिररहेको छ । उसले पछिल्ला ६ खेलमा सतप्रतिशत जित हासिल गरेको छ । ईन्टर १८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । अर्को हप्ता उसले युभेन्ट्ससंग प्रतिस्पर्धा गर्दैछ ।
प्रकाशित मितिः २०७६ असोज १३ सोमबार
Comments