काठमाडौं । कतारको दोहामा जारी विश्व एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत महिला तर्फ १०० मिटर दौडमा जमैकाकी शेली–एन फ्रेजर–प्राइसले स्वर्ण पदक जितेकी छन् । १०० मिटरको दूरी १०.७१ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक जितेकी हुन् ।
बेलायती डिना एशर–स्मीथले रजत पदक जितेकी छन् । ३६ वर्षकी उनले निर्धारित दूरी १०.८३ सेकेण्डमा पूरा गरेर रजत पदक जितेकी हुन् । आइभरी कोस्टकी मारिया–जोसी ता लोउले १०.९० सेकेण्डमा दूरी पूरा गरेर काश्य पदक जितेकी छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज १३ सोमबार
Comments