काठमाडौं । इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा डर्बी क्लब एसी मिलानलाई २-० ले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।इन्टरको जितमा मार्सेलो ब्रोजोभिक र रोमेरो लुकाकुले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इन्टरले दुई गोल गरेको थियो । खेलको ४९ औं मिनेटमा ब्रोजोभिकले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए । इन्टरको यो लगातार चौंथो जित हो । जितसँगै इन्टरले ४ खेलबाट १२ अंक जोडेको छ । इन्टर दोस्रो स्थानको युभेन्ट्स भन्दा २ अंक अघि छ । मिलानको ४ खेलबाट १२ अंक रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ५ आइतबार
Comments