काठमाडौं । राजधानीमा जारी तेस्रो दक्षिण एसियाली फुटबल महासंघ-साफ यू-१८ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपालले आइतबार भुटानसँग खेल्दै छ।
हल्चोकस्थित शसस्त्र प्रहरी बल(एपीएफ मैदानमा हुने खेलमा नेपााल जित हात पार्दै सेमिफाइनलमा स्थान बनाउने प्रयाशमा छ। नेपाल अघिल्ला दुवै संस्करणको विजेता हो।
यसपटक पहिलो खेलमा मालदिभ्ससँग १-१ गोलको बराबरीमा रोकिएपछि नेपाल भुटानविरुद्ध दबाबमा छ। यो खेलमा बराबरी गरेपनि नेपालको अघिल्लो संस्करण प्रवेशको सम्भावना कायमै रहन्छ। तर जित हात पारेको अवस्थामा अन्तिम चारको यात्रा सुुनिश्चित हुने छ।
अघिल्लो संस्करणमा भुटानले नेपाललाई १-० गोलले हराएको थियो।
प्रकाशित मितिः २०७६ असोज ५ आइतबार
Comments