काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडको विजयी यात्रामा पुर्ण विराम लागेको छ । शनिबार राति भएको खेलमा रियल सोसिडाडले एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले हराएको हो ।
खेलको ५८ औ मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । ६१ औ मिनेटमा नाचो मोनरियलले गोल गर्दै सोसिडाडलाई घरेलु मैदानमा सहज जित दिलाउन सफल रहे । आर्सनलका डिफेन्डर नयाँ सिजन सोसिडाडमा आएका हुन् ।
उनले डेब्यु खेलमा गोल गर्दै स्पेनिस लिगको शीर्ष स्थानको क्लबलाई सिजनको पहिलो हार चखाउन सफल रहे । एट्लेटिको मुख्य फरवार्ड अल्भारो मोराटाबिना मैदानमा उत्रिएको थियो । उनी चोटका कारण टिम बाहिर छन् ।
तर आक्रमणको जिम्मेवारी सम्हालेका डिएगो कोस्टा र कीर्तिमानी मुल्यका खेलाडी जोआओ फिलिक्सले खेलमा प्रभाव राख्न असफल रहे ।
एट्लेटिको मड्रिडले सिजनको पहिलो हार ब्यहोर्यो । शीर्ष स्थानको एट्लेटिकोको ४ खेलबाट ९ अंक छ । रियल सोसिडाड ७ अंक सहित तालिकाको छैटौ स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २९ आइतबार
Comments