काठमाडौं । नेपाल ओलम्पिक कमिटि एनओसीको अध्यक्षमा जीवनराम श्रेष्ठ चुनिएका छन् । एनओसीको नयाँ नेतृत्वका लागि आज शनिबार भएको मतदानमा श्रेष्ठले १७ मत प्राप्त गरी विजय प्राप्त गरेका हुन् ।
उनका प्रतिद्वन्द्व पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले १० मत प्राप्त गरेका थिए । यसैगरी महासचिवमा पनि जीवनराम श्रेष्ठ प्यानलका निलेन्द्रराज श्रेष्ठ १५ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै उमेशलाल पक्षका पुरेन्द्रविक्रम लाखेले १२ मत पाएका छन् । निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ । जम्मा २७ जना पदाधिकारी रहेको एनओसीमा २६ जना निर्वाचनमा पुगेका छन् ।
प्रकाशित मितिः २०७६ भदौ २८ शनिबार
Comments