काठमाडौ । नेपाल ओलम्पिक कमिटी एनओसीको नयाँ नेतृत्वका आज शनिबार निर्वाचन हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि तत्कालीन अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।
साधारण सभाले एक अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ सह महासचिव, १ कोषाध्यक्ष, ३ सचिव र ७ सदस्य सहित १९ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । यसैगरी कोषाध्यक्ष रतन टण्डन र उप महासचिवमा पिताम्बर तिम्सिना निर्विरोध निर्वाचित भइसकेका छन् ।
सर्वोच्च अदालतको अन्तरिम आदेशका लागि भदौ २० का लागि तय निर्वाचन स्थगित भएको थियो । सर्वोच्चकै फैसलाबाट २०६७ मा पुर्नजिवित रुक्म शम्सेर राणा अध्यक्ष रहेको एनओसीका सदस्य कमल चित्रकारले दायर गरेको रिटका आधारमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।
प्रकाशित मितिः २०७६ भदौ २८ शनिबार
Comments