काठमाडौँ । ब्राजिलका फुटबलर रोनाल्डिन्होले फुटबलबाट सन्यासको घोषणा फिर्ता लिएका छन् । २०१८ को जनवरीमा सक्रिय खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका ३९ वर्षीय रोनाल्डिन्होले पुनः मैदानमा फर्कने भएका हुन् ।
रोनाल्डिन्होले कोलम्बियाको सान्टा फे बाट पुनः फुटबल खेल्ने भएका छन् । उनले यही अक्टोबर १७ तारिखमा हुने मैत्रीपूर्ण खेलबाट पुनः फुटबल मैदानमा खेलाडीका रुपमा देखिने भएका हुन ।
यस बाहेक उनले कोलम्बियाको डर्बीमा पनि खेल्नेछन् जसमा अमेरिका र डिपोर्टिभो कालीबीच प्रतिस्पर्धा हुनेछ । दुई पटकका फिफा बर्ष खेलाडी समेत रहि सकेका उनी २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा टिमका सदस्य रहेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २७ शुक्रबार
Comments