काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको हो ।
पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप अर्को गोल खादै पराजित भएको हो ।
खेलको ३४ औं मिनेटमा नेपालविरुद्ध उज्वेकिस्तानले गोल गर्दै अग्रता बनाएको थियो । ५१ औं मिनेटमा थप एक गोल गर्दै उज्वेकिस्तानले २–० गोलको जित निकालेको हो ।
यस्तै खेलको १० औं मिनेटमा चोट बोकेपछि कप्तान निरु थापा मैदानबाट बाहिरिएकी थिइन् । उनको स्थानमा सरु लिम्बु मैदान प्रवेश गरेको थिइन् ।
जितसँगै उज्वेकिस्तानले दुई खेलबाट ६ अंक जोडेको छ । नेपालको दुई खेलबाट ३ अंक रहेको छ ।
यसअघि पहिलो खेलमा नेपालले घरेलु टिम किर्गीस्तानलाई ८–२ गोल अन्तरले हराएको थियो । उज्वेकिस्तानले भने ताजकिस्तानलाई १२–० ले हराएको थियो ।
अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार ताजकिस्तानको सामना गर्नेछ ।
प्रकाशित मितिः २०७६ भदौ २३ सोमबार
Comments