काठमाडौं । सन् २०२० मा आयोजना हुने युरो कप छनोटमा स्विजरल्याण्डले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा स्विजरल्याण्डले गिब्राल्टारलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
स्विजरल्याण्डको जितमा डेनिस जाकारिया, अद्मिर मेहेडी, रिकार्डो रोड्रिगेज र मारियो गाभर्नोभिकले एक एक गोल गरे । जितसँगै समूह ुडीु को स्विजरल्याण्डले ४ खेलबाट ८ अंक जोडेको छ । स्विजरल्याण्ड तालिकाको तेस्रो स्थानमा रहेको छ ।
जित विहिन बनेको गिब्राल्टार पुछारमा रहेको छ । यसै समूहको अर्को खेलमा जर्जिया र डेनमार्कले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
बराबरीसँगै डेनमार्कले ५ खेलमा ९ अंक जोडेको छ । डेनमार्क दोस्रो स्थानमा छ । ४ अंक जोडेको जर्जिया चौंथो स्थानमा छ । यस समूहमा ११ अंक जोडेको आयरल्याण्ड शीर्ष स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २३ सोमबार
Comments