भक्तपुर । भक्तपुर जिल्ला बक्सिङ संघको अध्यक्षमा रामकृष्ण प्रजापति सर्वसम्मत चयन भएका छन् । संघको साधारणसभा तथा जिल्ला अधिवेशनले प्रजापतिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा राजन कुम्पाख, सचिवमा साजन लघू र कोषाध्यक्षमा लक्ष्मीप्रसाद दुवाल रहेका छन् । यस्तै सदस्यहरुमा क्रमशः कृष्ण सुन्दर प्रजापति, गौतम सुजखु, गणेश सांगामी, राजाराम शाखकर्मी, केदार तुईतुई, राद्येश्याम दुवाल, दिनेश बासुकला रहेका छन् ।
नेपाल बक्सिङ संघको विधानअनुसार एक उपाध्यक्ष र एक सदस्य मनोनित गरिने निर्वाचन मण्डलका संयोजक विनोदचरण रायले जानकारी दिए । साधारणसभा तथा जिल्ला अधिवेशनको प्रदेश नं ३ का सांसद सुरेन्द्र राज गोसाईंले उद्घाटन गरेका थिए ।
प्रकाशित मितिः २०७६ भदौ २२ आइतबार
Comments