काठमाडौं । इन्ग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी खेलाडी किनबेचमा सर्वाधिक खर्चालु क्लब बनेको छ । फुटबल अब्जरभेटरी संस्था सीआईईएसले सार्वजनिक गरेको पछिल्लो ९ वर्षको तथ्यांकअनुसार सिटी सर्वाधिक खर्चालु क्लब बनेको हो ।
सिटीले सन् २०१० देखि २०१९ सम्मको ट्रान्सफर विन्डोमा १.६३८ विलियन डलर खर्च गरेको छ । यस्तै दोस्रो स्थानमा रहेको स्पेनिस क्लब बार्सिलोनाले १.५२५ विलियन खर्च गरेको छ ।
सर्वाधिक खर्च गर्ने क्लबको तेस्रो स्थानमा रहेको चेल्सीले १.४२८ विलियन डलर खर्च गर्दा चौंथो स्थानको पेरीस सेन्ट जर्मेन (पीएसजी) ले १.३९२ विलियन र १.२७२ विलियन डलरसहित युभेन्ट्स पाँचौं स्थानमा रहेका छन् ।
छैटौं स्थानको म्यानचेस्टर युनाइटेडले १.२६५ विलियन, सातौं स्थानको रियल मड्रिडले १.२३६ विलियन, आठौंको एट्लेटिको मड्रिडले १.११० विलियन, नवौं स्थानको लिभरपुलले १.०७५ विलियन र दशौँ स्थानको इन्टर मिलानले ९६८ विलियन खर्च गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २२ आइतबार
Comments