काठमाडौं । इन्ग्लिश क्लब लिभरपुलका डिफेन्डर भिर्गिल भान डाइक क्लबमै बस्न सहमत भएका छन् । डाइक लिभरपुलसँग लामो समयको अनुबन्ध सम्झौता नवीकरण गर्न राजी भएका छन् । इन्ग्लिश मिडियाका अनुसार डाइक क्लबसँग ६ वर्षको नयाँ सम्झौता गर्न राजी भएका छन् ।
डच डिफेन्डर डाइक सन् २०१८ मा ७५ मिलियनमा एनफिल्ड आएका थिए । उनको क्लबसँगको सम्झौता अझै ४ वर्ष बाँकी रहेको छ । तर, डाइक सम्झौता सकिनु अघि नै हरेक साता २ लाख मिलियन पाउने गरी क्लबसँग नयाँ सम्झौता गर्न राजी भएका छन् ।
डाइकले क्लब आएपछि लिभरपुलले च्याम्पियन्स लिग र सुपर कप जितेका छन् । गत साता डाइक युइएफए वर्ष खेलाडी समेत घोषित भएका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २२ आइतबार
Comments