काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज आइतबार बंगलादेशसँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोस्थित पी सारा ओभलमा नेपाली समय अनुसार बिहान सवा १० बजे हुनेछ ।
पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल पद्वतीका आधारमा ५ विकेटले पराजित भएको थियो । यस्तै, पहिलो खेलमा बंगलादेशले युएईलाई ६ विकेटले पराजित गरेको थियो ।
अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई आज जित्नैपर्ने दबाब छ । पहिलो खेलको पराजयले नेपालको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ । बंगलादेशसँग आज नेपाल पराजित भएमा सेमिफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ ।
समूह चरणको अन्तिम खेल मंगलबार युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । समूह बी मा नेपालसँगै श्रीलंका, बंगलादेश र युएई छन् । यसै समूहको अर्को खेलमा आज श्रीलंकाले युएईको सामना गर्दैछ ।
प्रकाशित मितिः २०७६ भदौ २२ आइतबार
Comments