काठमाडौँ । जर्मन बुन्देस लिगा फुटबल बोरुसिया डर्टमण्ड पराजित भएको छ । शनिबार राति भएको खेलमा डर्टमण्डलाई युनियन बर्लीनले ३(१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बर्लीनलाई जित दिलाउन मारीउस बुल्टरले दुई गोल गरे । यस्तै सेबस्टाईन एण्डरसनले एक गोल थपे । डर्टमण्डको पाको अल्कासरले एक गोल फर्काए ।
बर्लीनसँगको हारसँगै डर्टमण्डले लिगमा पहिलो हार व्यहोरेको छ । डर्टमण्डले ३ खेलमा ६ अंक जोडेको छ । बर्लीनको यो पहिलो जित हो । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ १५ आइतबार
Comments