काठमाडौँ । साविकको विजेता नोआमी ओसाका युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् । बिहिबार राति भएको खेलमा पोल्याण्डकी माग्डा लिनेटलाई पराजित गर्दै ओसाकाले तेस्रो चरणको यात्रा तय गरेकी हुन् । विश्व नम्बर एक समेत रहेकी जापानी खेलाडी ओसाकाले लिनेटलाई ६-२ र ६-४ ले पराजित गरिन् ।
अब ओसाकाले कोको गौफसाँग खेल्ने छिन् । महिला तर्फनै सातौं वरियताकी किकी बेर्टेन्स र कारोलिना वुज्निकाईले पनि तेस्रो चरणमा स्थान बनाएकी छिन् । चौंथो वरियताकी सिमोना हालेप भने प्रतियोगिताबाट बाहिरिएकी छिन् । दोस्रो चरणमा हालेप अमेरिकी खेलाडी टेलर टाउनसेन्टसँग स्तब्ध भईन् । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ १३ शुक्रबार
Comments