काठमाडौँ । बार्सिलोनाले नेयमारलाई क्लबमा फर्काउन १ सय ५३ मिलियन पाउण्डको प्रस्ताव राखेको छ । स्पेनिस महारथीले आफ्ना पुर्व खेलाडी नेयमारलाई क्लबमा फिर्ता लैजान फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सामु सो रकम प्रस्ताव गरेको छ । स्पेनिस क्लबले फरवार्ड उसमान डेम्बेलेलाई समेत नेयमारसंगको सम्झौतामा साट्न सकिने प्रस्ताव गरेको छ ।
बर्सिलोना तथ पीएसजीका क्लबका पदाधिकारीले मंगलबार साँझ नेयमारको बिषयमा छलफल गरेका छन् । प्रस्तावित रकम दुई किस्तामा तिर्नुपर्ने उल्लेख छ । तर दुवै पक्ष सम्झौतामा पुग्न असफल भईरहेका छन् । वार्ता सकारात्मक भईरहेको छ । नेयमार सम्झौता भएको हेर्न चाहन्छन् ।
२७ बर्षका फरवार्ड सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पीएसजी आएका थिए । बार्सिलोनाका निर्देशक जाभियर बोर्डासले आफुहरु सहमतीको निकै नजिक रहेको बताएका छन् । रियल मड्रिड समेत नेयमारलाई क्लबमा लैजान निकै ईच्छुक छ । यता, पीएसजीले युभेन्ट्सका फरवार्ड मारियो मान्डाजुकीसंग समेत छलफल गरिरहेको छ । कारण पीएसजीका दुवै फरवार्ड केलियन एम्बाप्पे र ईडिन्सन काभानीले चोट बोकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ ११ बुधबार
Comments