काठमाडौँ । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा पहिलो जित निकालेको छ । पहिलो खेलमा हेर्थासँथ एक एक गोलको बराबरीमा रोकिएको बायर्नले शनिबार राति भएको खेलमा शाल्केलाई ३-० ले पराजित गर्दै पहिलो जित निकालेको हो । बायर्नका लागि रोबर्टो लेवान्डोस्कीले ह्याट्रिक गरे ।
खेलको २० औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । त्यसपछि ७५ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत तेस्रो गोलसहित ह्याट्रिक पुरा गर्दै बायर्नलाई ३-० को जित दिलाए । जितसँगै बायर्नले २ खेलबाट ४ अंक जोडेको छ । शाल्केको १ अंक रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ ८ आइतबार
Comments