काठमाडौँ ।जर्मन क्लब बायर्न म्युनिखका लिजेन्ड खेलाडी फ्रान्क रिबेरी इटालियन क्लब फियोरेन्टिनामा अनुबन्ध भएका छन् । सिरी ‘ए’ क्लब फियोरेन्टिनाले रिबेरीलाई फ्रि ट्रान्सफरमा क्बलमा अनुबनध गरेको हो ।
३६ वर्षीय रिबेरीले फियोरेन्टिनासँग २ वर्षे सहमति गरेको जनाइएको छ । रिबेरीले अघिल्लो सिजन बायर्नबाट बिदा लिएका थिए । उनले बायर्नमा १२ वर्ष बिताएका थिए । सन् २००७ देअि २०१९ सम्ममा उनले २ सय ७३ खेलमा ८६ गोल गरे । उनले बायर्नबाट ९ पटक बुन्डेस लिगाको उपाधि जितेका थिए ।
उनले इटाली पुगेपछि आफू धेरै खुशी भएको र परिवारसँगै इटाली आएको जनाएका छन् । उनले भनेका छन्, ‘म धेरै खुशी छु, म यहाँ परिवारसँग छु । मैले फियोरेन्टिनासँग बितेका केही हप्तादेखि नै कुरा गरेको थिएँ । मैले मेरा पूर्वसहकर्मी टोनीसँग कुरा गरेको थिएँ । उनले मलाई बायर्न महान् क्लब भएको बताएका थिए ।’
प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार
Comments