काठमाडौँ । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टिमले आज माल्दिभ्सको सामना गर्दे छ ।
आज साँझ ५ बजे नेपाल र माल्दिभ्स भिड्दै छन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने प्रतिष्पर्धामा जित्ने टिम सेमिफाइनलमा पुग्ने छ । पहिलो खेलमा किर्गीकिस्तानसँग हरेको घरेलु टोली नेपाल सेमिफाइनलमा पुग्न जित्नै पर्ने दबाबमा छ ।
समुह ए बाट किर्गीकिस्तान लगातार दुई खेलमा विजयी हुदै सेमिफाइनलमा पुगिसकेको छ । नेपाल र माल्दिभ्स दुवै टोली जितविहीन रहेकाले यस खेलमा जित्ने टोलि सिधै सेमिफाइनलमा पुग्ने छ ।
त्यस्तै बुधबारनै हुने दिनको पहिलो खेलमा समुह बीबाट उज्वेकिस्तान र अफगानिस्तान खेल्ने छन् । सेमिफाईनलका नजिक पुगेको उज्वेकिस्तान जित निकालेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न चाहन्छ । उज्वेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बंगलादेशलाई हराएकाले सेमिफाइनल नजिक रहेको छ ।
अघिल्लो चरण प्रवेश यात्रा सहज बनाउन अफगानिस्तानलाई जित निकाल्ननै पर्ने अवस्था रहेको छ ।
आजै हुने अर्को खेलमा तुर्कमिनिस्तान र बंगलादेश खेल्नेछन् । अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना बाँकी राख्न तुर्कमिनिस्तानलाई जित आवश्यक छ ।
पहिलो खेलमा तुर्कमिस्तानले अफगानिस्तानलाई हराएको थियो भने बंगलादेशले भने उज्वेकिस्तानसँग हार ब्यहोरेको थियो ।
बंगलादेश भने लगातार दुई हारले प्रतियोगिताबाट लगभग बाहिरिसकेको छ । समूह बीमा शीर्ष स्थानको उज्वेकिस्तानको ४ अक छ । उज्वेकिस्तान र अफगानिस्तान समान एक खेलमा जित हासिल गर्दै २ अंक जोडेका छन् ।
प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार
Comments