काठमाडौँ । म्यानचेस्टर युनाइटेडमा ‘फ्लप’ भएका एलेक्स सान्चेजलाई लोनमा भित्र्याउनका लागि इटालियन क्लब इन्टर मिलानले प्रयास सुरु गरेको छ । सान्चेजलाई क्लबबाट बाहिर पठाउन चाहन्छ म्यानचेस्टर युनाइटेड, इन्टरले बुधबार सान्चेजलाई लोनमा भित्र्याउनका लागि प्रयास गर्ने जनाइएको छ ।
इटालियन सिरी ए क्लब इन्टर मिलानले यसअघि नै युनाइटेडबाट स्ट्राइकर रामेलु लुकाकुलाई अनुबन्धित गरेको छ र अब चिलेका सान्चेजलाई ल्याउन प्रयास गरेको हो ।
युनाइटेडका प्रशिक्षक ओल गुनार सोल्सकेएरले भने, ‘हेरौँ के हुन्छ, तत्कालका लागि उनी हाम्रा खेलाडी हुन् । केही क्लबले एलेक्समा चासो देखाएका छन् ।’३० वर्षका सान्चेज इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको वुल्भ्ससँगको खेलमा युनाइटेडको टिममा थिएनन् ।
प्रकाशित मितिः २०७६ भदौ ३ मंगलबार
Comments