काठमाडौँ । रुसका डानिल मेडभेदेबले सिनसिनाटी मास्टर्स टेनिसको उपाधि जितेका छन् । सोमबार बिहान भएको फाइनलमा बेल्जियमका डेभिड गोफिनलाई पराजित गर्दै मेडभेदेबले उपाधि जितेका हुन् ।
नवौं वरियताका मेडभेदेबले दशौँ वरियताका गोफिनलाई ७-६ (७-३) र ६-४ को सेटमा पराजित गरे । यसअघि सेमिफाइनलमा मेडभेदेबले विश्व नम्बर एक नोभाक जोकोभिकलाई हराएका थिए ।
महिलातर्फको उपाधि अमेरिकन म्याडिसन किजले जितिन् । फाइनलमा किजले स्भेट्लिना कुट्नेट्सोभालाई ७-५ र ७-६ (७-५)को सेटमा पाखा लगाईन् । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २ सोमबार
Comments