काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार साउथह्याम्पटनलाई पराजित गरेको छ । शनिबार भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–१ ले पराजित गरेको हो । लिभरपुलका लागि साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । यस्तै, साउथह्याम्पटनका लागि ड्यानी इन्ग्सले एक गोल गरे ।
खेलको ४५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसपछि ८३ औं मिनेटमा साउथह्याम्पटनका ड्यानीले एक गोल फर्काए । जितसँगै लिभरपुल २ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । साउथह्याम्पटनको यो लगातार दोस्रो हार हो । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ १ आइतबार
Comments