काठमाडौँ । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा बर्नलीलाई २–१ ले पराजित गर्दै आर्सनलले दोस्रो जित निकालेको हो । आर्सनलका लागि एलेक्जेन्डर लाकाजेट्स र पेरिक एम्रिक आबुमियाङले एक एक गोल गरे । यस्तै, बर्नलीका लागि एस्ले बर्नेसले एक गोल गरे ।
खेलको १३ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा बर्नलीका बर्नेसले गोल गर्दै खेल बराबरीमा ल्याए । ६४ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए । जितसँगै आर्सनलले २ खेलबाट ६ अंक जोडेको छ । बर्नलीको २ खेलबाट ३ अंक रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ १ आइतबार
Comments