काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फिलिपे कौटिन्हो वायर्न म्युनिख जाने भएका छन् । उनी लोनमा यसै सिजन वायर्न जाने बिषयमा दुवै क्लबबीच सहमती बनेको छ । उनीलाई किन्न मिल्ने सर्त सहित वायर्नले एक बर्षका लागि लोनमा अनुबन्धन गर्ने टुङ्गो लगाएको हो ।
२७ बर्षका बार्साका मिडफिल्डर ला लिगाको पहिलो खेलमा अनुपस्थित थिए । सो खेलमा बार्सा एथ्लेटिको बिल्बाओसंग पराजित भएको थियो । बार्सिलोनाले ठुलो रकम खर्चिएर कौटिन्हेलाई गत सिजन क्लबमा ल्याएपनि उनी प्रभाव जमाउन असफल भएका थिए ।
उनी ईङ्लिस क्लब जाने चर्चा चलेपनि सरुवाको अन्तिम दिनसम्म कुनै प्रगति हासिल भएन । सोही कारण कौटिन्होले अब जर्मन क्लब नयाँ सिजन बिताउने पक्का भएको छ ।
दुवै क्लबबीच कौटिन्होको बिषयलाई लिएर सहमती बनेको छ । यसलाई औपचारिक प्रदान गर्न बाँकी छ । बार्सिलोनाका प्रवक्ता गुइलेर्मो अमोरले कौटिन्होको बिषयमा पुष्टि गर्दै उनी एक सिजन लोनमा वायर्न जाने बिषयमा सहमती बनेको उल्लेख गरेका छन् ।
गत सिजन बार्सिलोनाबाट कौटिन्होले ५४ खेल खेल्दै मात्र ११ गोल गरको थिए । उनले ५ गोलको अवसर सिर्जना गरेका थिए ।
कौटिन्होको स्थानमा बार्सिलोनाले एट्लेटिको मड्रिडबाट एन्टोनी ग्रिजम्यानलाई ल्याएको छ । यस्तै फ्रान्सेली खेलाडी उसमान डेम्बेले समेत बार्साको विकल्पको रुपमा रहेका छन् ।
बार्सिलोना पछिल्लो समय ब्राजिली स्टार नेयमारलाई क्लब फर्काउन कोशिश गरिरहेको छ । सोही कारण क्लबले फरवार्ड लाईनबाट कौटिन्होलाई हटाएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन ३२ शनिबार
Comments