काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई जरिवाना गरेको छ । युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम मिचेको भन्दै फिफाले सिटीलाई ३ लाख ७० हजार स्विस फ्रान्क जरिवाना तोकेको छ ।
सिटीले फिफाको १८ वर्ष मुनिको खेलाडी अनुबन्धको नियम विपरीत युवा खेलाडीलाई अनुबन्ध गरेको भन्दै फिफाले जरिवाना गरेको जनाएको छ ।
फिफाको आर्टिकल १९ मा अन्य देशबाट १८ वर्षभन्दा मुनिको खेलाडी अनुबन्ध गर्न नपाइने उल्लेख छ । युवा खेलाडी अनुबन्धको नियम उल्लंघन गरेपनि प्रिमियर लिग विजेता सिटी प्रतिबन्धबाट भने जोगिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २९ बुधबार
Comments