काठमाडौं । विश्वचर्चित नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि सन्दीपले अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए ।
तर भिसा अस्वीकृत भएपछि आफू अचम्ममा परेको सन्दीपले ट्विटरमार्फत जानकारी दिएका छन् । आवश्यक सबै कागजातहरु पेश गर्दा पनि भिसा अस्वीकृत भएको उनले उल्लेख गरेका छन् । भिसा स्वीकृत नभएपछि सिपिएल खेल्न जान आफूलाई गाह्रो भएको सन्दीपले बताएका छन् ।
Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal
— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019
I was smiling and i was literally speechless to see all this, having all the proper documents i got this surprise. Being a sportsperson, its gonna be a bit hard for me to go and participate in @CPL for @BIMTridents @hello_sarkar @PradeepgyawaliK @MofaNepal
— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019
प्रकाशित मितिः २०७६ साउन २८ मंगलबार
Comments