काठमाडौँ । नेयमार अनुपस्थित रहेको लिग वानको पहिलो खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले शानदार सुरुवात गरेको छ । आईतबार राति भएको खेलमा पीएसजीले निम्सलाई ३–० गोल अन्तरले हराएको हो । पीएसजीको जितमा ईडिन्सन काभानी, केलियन एम्बाप्पे र एन्जल डी मारियाले गोल गरेका थिए ।
काभानीले २४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए । ५६ औ मिनेटमा एम्बाप्पेले पीएसजीको अग्रता दोब्बर पारे । ६९ औ मिनेटमा डी मारियाले गोल गर्दै क्लबको जित सुनिश्चित गरे । जितसंगै पीएसजीले पहिलो खेलमा स्पष्ट ३ अंंक जोडेको छ । क्लब छाड्ने मनसाय बनाएका नेयमार फ्रान्स लिगको पहिलो खेलमा मैदान उत्रिएनन् ।एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २७ सोमबार
Comments