काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी खेलमा नेपालका सोमपाल कामी सम्मिलित टिम विनिपेग होक्स उपाधिनजिक पुगेको छ ।
शनिबार राति भएको प्ले अफको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भलाई ७ विकेटले पराजित गर्दै होक्सले उपाधि नजिक पुगेको हो । अब उपाधिका लागि होक्सले भ्यानकुभर नाइट्ससँग प्रतिस्पर्धा गर्नेछ ।
२ सय रनको लक्ष्य पछ्याएको होक्सले ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।होक्सका साईमन अनवरले ५२, जेपी डुमिनीले अविजित ५०, क्रिस लिनले ३५, सन्नी सोहेलले ४१ र ड्यानी स्मिथले अविजित १७ रन बनाए । ब्राम्प्टनका लागि वहाव रियाज, जहुर खान र शाहिद अफ्रिदीले समान १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको ब्राम्प्टन वुल्भले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय रन बनाएको थियो । ब्राम्प्टनका डारेन सामीले ३३, बाबर हायात र सहिद अफ्रिदीले समान ३२, वहाव रियाजले अविजित २३, जर्ज मुन्सेले २२ र रोहन मुस्तफाले १४, रन बनाए ।
होक्सका कप्तान रायद ईम्रिटले ३, कलिमा सेना २ तथा मोहम्मद इफरान र पल भान मार्करेमले समान १ विकेट लिए ।पहिलो इलिमिनेटर खेलमा सन्दीप लामिछाने सम्मिलित टिम टोरन्टो नेसनल्स पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २६ आइतबार
Comments