काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार ६ खेलहरु हुँदैछ । प्रिमियर लिगमा शनिबारको पहिलो खेल नेपाली समय अनुसार सवा ५ बजे गत सिजनको उपाधि विजेता म्यानचेस्टर सिटी र वेष्टहाम युनाइटेड आमने सामने हुनेछन् ।
यस्तै, आज राति नै पौने आठ बजे बर्नमाउथ र सेफिल्ड, बु्रन्ली र साउथह्याम्टन, क्रिस्टल प्यालेस र एभर्टन, वाटफोर्ड र ब्राइटोन आमने सामने हुनेछन् ।
प्रिमियर लिग अन्तर्गत आज रातिको अन्तिम खेलमा टोटनह्याम र एन्टोन भिल्ला सवा १० बजे खेल्नेछन् ।
प्रकाशित मितिः २०७६ साउन २५ शनिबार
Comments