काठमाडौँ । विश्व नम्बर एक एस्लेइघ बार्टी क्यानाडामा जारी रोजर्स कप टेनिसको दोस्रो चरणबाट बाहिरिएकी छिन् । मंगलबार राति भएको खेलमा अमेरिकी खेलाडी सोफिया केनिनसँग पराजित हुँदै बार्टी प्रतियोगिताबाट बाहिरिएकी हुन् ।
फ्रेन्च ओपन च्याम्पियन २३ वर्षे बार्टीलाई सोफियाले ६-७(५-७),६-३ र ६-४ को सेटमा हराईन् ।अब सोफियाले डायना यास्ट्रीमास्का र भिक्टोरिया अजारिन्काबीचको विजेतासँग खेल्ने छिन् । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन २२ बुधबार
Comments