काठमाडौँ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पोर्चुगलको गेरेसमा रहेको घर आफ्ना मिल्ने साथी पेपेलाई बेचेका छन् । पेपे र रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट सँगै खेल्दै आएका छन् । रोनाल्डोले पोर्चुगलको गेरेसमा रहेको घर ३५ लाख पाउण्डमा बेचेका हुन्।
रोनाल्डो र पेपेबिच घर सम्बन्धी विषयमा युइएफए नेशन्स लिग अन्तर्गत पोर्चुगलका लागि खेल्ने क्रममा सहमति भएको बताइएको छ । पेपे र रोनाल्डो मिल्ने साथी हुन् । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन १९ आइतबार
Comments