काठमाडौं । वेष्ट इण्डिजका अलराउण्डर आन्द्रे रसेलले भारतविरुद्धको टी-ट्वान्टी सिरिज अन्तर्गतको सुरुवाती दुई खेल गुमाउने भएका छन् ।
घुँडाको चोट बोकेपछि रसेलले अमेरिकाको फ्लोरिडामा हुने भारतविरुद्धको सुरुवाती दुई खेल गुमाउने भएका हुन् । वेष्ट इण्डिजसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । पहिलो खेल शनिबार हुनेछ ।
रसेल बायाँ खुट्टामा समस्या देखिएपछि वेष्ट इण्डिजले उनको स्थानमा जासन मोहम्मदलाई टिममा बोलाएको छ । तेस्रो खेलबाट भने रसेल फर्कने सम्भावना रहेको छ ।
३२ बर्षे मोहमदले एक बर्षपछि टिममा स्थान बनाएका हुन् । उनले गत बर्षको जुलाईमा बंगलादेशविरुद्ध अन्तिम पटक खेलेका थिए । उनले टी-ट्वान्टीमा ९ खेल खेलेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन १८ शनिबार
Comments