भक्तपुर । सिद्धि गणेश खेलकुद समिति र नेपालय फुटबल क्लवले बिहीबारदेखि भक्तपुरमा सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक कार्यक्रमअनुसार भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत बिहीबार सिद्धि गणेशले वासुकी युवा क्लवलाई ८–२ ले र नेपालयले ख्वप युनाइटेडलाई ४–१ ले पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।
सिद्धि गणेशको लागि सरोज दुमरुले ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै विवश बोहराले दुई तथा मिलन गोले, सुशन थापा र रुपेश प्रजापतिले एक एक गोल गरे । यस्तै वासुकीका लागि समीर श्रेष्ठ र रवीन्द्र थापामगरले एक एक गोल गरे ।
अर्को खेलमा नेपालयका लागि विनय श्रेष्ठले ह्याट्रिक र सुविन बोगटीले एक गोल गरे । यस्तै ख्वप युनाइटेडका लागि सुजल लाखाजूले एक गोल गरे ।
प्रतियोगिता भक्तपुर नगरपालिका–७ स्थित महेश्वरी खेलमैदानमा सञ्चालन भईरहेको छ ।
प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवाँले गरेका थिए ।
प्रकाशित मितिः २०७६ साउन १७ शुक्रबार
Comments