काठमाडौं । प्रि–सिजन टूर अन्तर्गत जर्मनीमा जारी आउदी कपको उपाधिका लागि टोटनह्याम र वायर्न म्युनिख भिड्ने भएका छन् ।
मंगलबार राति भएको पहिलो सेमिफाइनलमा टोटनह्यामले स्पेनिस क्लब रियल मड्रिडलाई १–० ले र वायर्नले दोस्रो सेमिफाइनलमा टर्किस क्लब फेनरवाचेलाई ६–१ ले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । टोटनह्यामको जितमा कप्तान ह्यारी केनले निर्णायक गोल गरेका थिए ।
यस्तै, वायर्नको जितमा थोमस मुलरले ह्याट्रिक गरेका थिए भने रेनेटो सान्चेज, लियोन गोर्टेज्का र किंग्सले कोम्यानले एक एक गोल गरे । फेनरवाचेका लागि म्याक्स कुर्सेले एक गोल गरे । आउदी कपको फाइनल बुधबार राति हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन १५ बुधबार
Comments