काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडलाई नयाँ सिजनको ला लिगा सुरु हुनुभन्दा अघि धेरै कुरामा सुधार गर्नुपर्ने देखिएको छ । यसमा सबैभन्दा धेरै रक्षापंक्तीमा सुधार गर्नुपर्ने देखिएको अन्तर्राष्ट्रिय मिडियाहरूको दाबी छ ।
रियलले अहिलेसम्म प्रि–सिजनका तीन खेलिसकेको छ । जसमा उसले ६ गोल गरेको छ भने त्यसो दुई गुणा बढी गोल खाइसकेको छ । उसले तीन खेल खेल्दा कूल १२ गोल खाइसकेको छ । रियलले जर्मन क्लब बायर्नसँग ३ गोल खाएको छ भने १ गोल गरेको छ ।
यस्तै आर्सनलसँग खेल्दा २ गोल गर्दै दुई गोल गरेको छ ९पेनाल्टीबाहेक० । यस्तै मड्रिड डर्बीमा त उसले ७ गोल खाएको छ । एथ्लेटिको मड्रिडसँग भएको सो खेलमा रियल ७–३ गोलले पराजित भएको थियो ।
नयाँ सिजनको सुरुआतअघि क्लबका मुख्य प्रशिक्षक जिनेदिन जिदानलाई यो टाउको दुखाइको विषय बनेको छ । उसले तीन खेलमध्ये एक खेलमा पेनाल्टीमार्फत् जित निकालेको छ भने दुई खेलमा हार ब्यहोरेको छ । जिदानले आफ्नो टिमको पोजिसन र रक्षापंक्ती कमजोर भएको स्वीकार पनि गरिसकेका छन् ।
रियलले प्रि–सिजनअन्तर्गत नै इंग्लिस टिम टोटनह्याम हटस्परसँग खेल्नेछ । त्यसपछि रेडबुलसँग प्रि–सिजनको अन्तिम खेल खेल्दै उसले ला लिगाको सुरुआत गर्नेछ । ला लिगामा उसले पहिलो खेलमा सेल्टाभिगोसँग खेल्नेछ । जुन खेल अगस्ट १७ मा हुनेछ ।एजेन्सी
प्रकाशित मितिः २०७६ साउन १२ आइतबार
Comments