काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले बिहिबार सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६६ औं स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ६५ औं स्थानमा रहेको थियो ।
फिफा वरियता अनुसार दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । एसियाली मुलुकमा भने ४६ मध्ये नेपाल ३५ औं स्थानमा छ । भारतमा एक सय ३ औं र माल्दिभ्स १ सय ५२ औं स्थानमा छ । दक्षिण एसियाका अन्य मुलुकमा बंगलादेश १ सय ८२ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सयौं र पाकिस्तान २ सय ४ औं स्थानमा छ ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौ स्थानमा रहेको छ ।
छैटौ स्थानमा पोर्चुगल, सातौंमा क्रोएसिया, आठौंमा कोलम्बिया, नवौंमा स्पेन र दशौंमा अर्जेन्टिना रहेको छ ।
प्रकाशित मितिः २०७६ साउन १० शुक्रबार
Comments