काठमाडौं । बक्सिङ खेलका क्रममा घाईते भएका रुसी बक्सर म्याक्सीम दादासेभको निधन भएको छ । अमेरिकाको मेरिल्याण्डमा आइबीएफ लाईट वेल्टरवेटको फाइटका क्रममा घाईते भएका दादासेभको उपचारकै क्रममा निधन भएको हो ।
क्यारेबिएन राष्ट्र पुएर्टो रिकोका बक्सर सुब्रिएल माटियाससँगको फाईटमा २८ वर्षिया दादासेभ घाईते भएका थिए । अन्तिम राउण्डको फाईट चलिरहँदा घाईते भएपछि दादासेभलाई अस्पताल भर्ना गरिएको थियो ।
मस्तिष्कमा रक्तश्राव भएपछि आपतकालिन शल्यक्रिया गरिए पनि चिकित्सकहरुले उनको मुटुको चाल बन्द भएको घोषणा गरे । रुसी बक्सिङ महासंघले घटनाबारे छानविन थालेको बताएको छ
दादासेभको उपचारका आवश्यक प्रक्रिया पालना नभएको रुसको आशंका छ ।दादासेभले यसअघि करियरका सबै १३ वटा फाईट जितेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन ८ बुधबार
Comments