काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको लक्ष्यसहित कतारले जवाफी ब्याटिङ गरिरहेको छ । र, कतारविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका करण केसीले कतारका कम्रान खानलाई २२ रनमा क्याच आउट गरेर नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
कतारले ५ ओभरको खेल सकिदा २ विकेट गुमाएर ३९ रन जोडेको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।
प्रकाशित मितिः २०७६ साउन ७ मंगलबार
Comments